हेटौँडामा भोलि बिहान २१ टिम फुटसल प्रतियोगितमा भिड्ने

तु खबर संवाददाता
२०७५ भाद्र ६, बुधबार १९:४१
File Photo

हेटौँडा, ६ भदौ । एफसी मल्टिभिजनले आयोजना गर्न लागेको वीरेन्द्र राई स्मृति खुला फुटसल प्रतियोगितामा २१ वटा टिमले सहभागिता जनाउने भएका छन् ।

टिम दर्ताको लागि दिइएको अन्तिम समयसम्म २१ वटा टिम आएका दर्ता भएको आयोजकले जनाएको छ । बिहीबार बिहानबाट हुने प्रतियोगितामा पहिलो संस्करणको विजेता गुगल स्पोर्टस् हाउसले हेटौंडा स्पोर्टस् एकेडेमीसंग खेल्नेछ । प्रतियोगिताको उद्घाटन जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) बुद्धिराज गुरुङले गर्ने आयोजक एफसी मल्टिभिजनका अध्यक्ष विकेशलाल श्रेष्ठले जानकारी दिए । ९ गते शनिबारसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यस्तै उत्कृष्ट खेलाडीलाई नगद ५ हजार प्रदान गरिनेछ । ‘वीरेन्द्र राईले मकवानपुरको फुटबल क्षेत्रमा पु¥याएको योगदानलाई जीवन्त राख्दै खेलाडीको बीचमा भ्रातृत्व विकास गर्न आयोजना गर्न लागेको प्रतियोगिताको तयारी सकिएको छ’, अध्यक्ष श्रेष्ठले भने, ‘प्रतियोगिताको हौसलब बढाइदिनुहुन सबैमा विनम्र अनुरोध गर्दछौं ।’ मकवानपुरको नेतृत्व गर्दै ए डिभिजनका क्लवहरुबाट आफ्नो खेल कौशलता प्रदर्शन गरेका वीरेन्द्र राईको २ बर्षअधि निधन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*