मकवानपुरबाट बेचिए २२ युवती, विवाहको बहानामा कोठीमा बास
हेटौँडा, २७ साउन । मकवानपुरमा गएको ३ वर्षमा २२ जना युवतीहरु बेचबिखनमा परेका छन् । आर्थिक वर्ष २०७२÷०७३ देखि हालसम्मको तथ्यांक अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता भएका मानव बेचबिखन तथा ओसारपसार मुद्धमा २२ जना युवती पिडीत रहेको आजको हेटौँडा सन्देश दैनिकमा समाचार छ ।
मुद्धामा रहेका मध्ये प्रलोभनमा पारिएको ३, आर्थिक प्रलोभनमा ९, विवाह गर्ने बहानामा १ र बाध्य बनाएर एक जनालाई बेचिए पाइएको छ । प्रहरीको मुद्धा शाखा अनुसार बेचबिखनको घटना बढ्दो क्रममा छ । गाउँकै दलाल बेचबिखन गर्ने कार्यमा सक्रिय छन् ।
