ढुङगा खसेर लाग्दा बालिकाको मृत्यु

तु खबर संवाददाता
२०७५ श्रावण २५, शुक्रबार १८:४३
File Photo

नुवाकोट २५ साउन । जस्ताको छानो माथि राखेको ढुंगा खसेर लाग्दा ककनी गाउँपालिका ७ चतुराकी एक बालिकाको मृत्यु भएको छ । सोहि गाउँपालिका बस्ने बिशाल दर्जीकी ६ वर्षीया छोरी सरु दर्जीको मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।

ढुंगा माटोले बनेको कच्ची घरको छानोको खाँबो बिहीबार भाँच्चिदा जस्ता माथि राखेको ढुंगाहरु खसेपछि भुई तलामा सुतिरहेकी बालिका सरु दर्जीको ढुंगाले लागेर घटनास्थलमै मृत्यु भएको थियो ।

ढुंगाले लागेर दर्जीको २६ वर्षीया श्रीमती कोपिला दर्जी र ८ वर्षीया छोरी सलिना दर्जी समेत सामान्य घाइते भएको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*