यौन मनोविज्ञानमा आधारित नेपाली चलचित्र मिस्टर भर्जिनको टोली हेटौडामा

तु खबर संवाददाता
२०७५ श्रावण २४, बिहीबार १९:०२
photo ji. naupane

मकवानपुर २४ साउन । नेपालि कथानक चलचित्र मिस्टर भर्जिनको टोली प्रचारप्रसारको लागि हेटौडामा आएका छन् । चलचित्र मिस्टर भर्जिन यौन मनोविज्ञान कथामा आधारित रहेको चलाचित्र रहेको प्रचारप्रसारको क्रममा बताईएको छ ।
चलचित्र पत्रकार संघ मकवानपुरको आयोजनामा भएको पत्रकार भेटघाट तथा फिल्म प्रचारप्रसार कार्यक्रममा बोल्दै चलचित्रका नायक गौरव पहरीले उक्त चलचित्र परिवारसंगै बसेर हेर्न सकिने बताए ।

त्यसैगरि नायीका मरिक्का पोखरेलले नाम मिस्टर भर्जिन भएपनि फिल्ममा अश्लिल दृश्य नरहेको कारण सबैलाई एक पटक चलचित्र हलमा गएर फिल्म हेर्नको लागि अनुरोध समेत गरिन् ।
त्यसैगरी चलचित्रमै अभिनय गरेका अर्का कलाकार कमलमणी नेपाल (खुपिका बाउले) यस चलचित्रले समाजभित्र रहेको कुरीती र बिसंगती हटाउने बताएका छन् । साथै उनले उक्त चलत्रित्रा हास्य व्यंग्यको भरपुर अभिनय रहेको बताए ।

कार्यक्रममा चलचित्र पत्रकार संघ मकवानपुरका उपाध्यक्ष प्रकाश दाहाल, सचिव श्रीराम अर्जुन दाहाल , फिल्मका निर्माता प्रजापती शिवाकोटी लगाएत मकवानपुरका पत्रकारहरुको उपस्तिथि रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*