नेकपा मकवानपुरको नेतृत्वको विषयमा छलफल तीब्र,तत्कालिन माओवादी केन्द्रको कार्यदल बैठक २६ गते हुने,

तु खबर संवाददाता
२०७५ श्रावण २४, बिहीबार १७:३१
File Photo

मकवानपुर २४ साउन । नेकपा मकवानपुरमा कसले नृतृत्व गर्ला भन्ने विषय अहिले मकवानपुरमा चर्चाको विषय बनेको छ । तत्कालिन नेकपा एमाले र माआवादी केन्द्र मिलेर बनेको नेकपाका लागि सहमति अनुसार चयन भएकाहरुको नामावली जिल्लाबाट कार्यदलमा पठाउन निर्देशन अनुसार हाल मकवानपुरमा पनि यस विषयमा पार्टीभित्र छलफल तीब्र पारिएको छ ।

तत्कालिन नेकपा एमाले मकवानपुरको आज बसेको कार्यदल बैठक भोलि पुन बैठक बस्नेगरि स्थगित भएको छ । बैठकमा सम्मिलित नेताहरुका अनुसार एक व्यक्तीले एउटामात्र पद सम्हाल्ने गरी निर्णय गर्न आजको बैठकमा प्रश्ताव अधि सारिएको छ ।
मकवानपुरमा तत्कालिन नेकपा एमालेको तर्फबाट अध्यक्ष र दास्रो बरिएताको नेतामा तत्कालिन माओवादी केन्द्रबाट हुने गरी आन्तरीक छलफल गरिएको माओवादी केन्द्रका नेताहरुको जानकारी छ । तर निर्णय भने आधिकारीक आईनसकेको उनीहरुको भनाई छ ।

त्यसोत तत्कालिन माओवादी केन्द्रले पनि २६ गते कार्यदल बैठक बस्नेगरी तयारी गरेको जानकारी दिएको छ । बैठकमा छलफल गरि ईमान्दार नेतालाई अवसर दिनेगरी निर्णय गरीने पार्टी स्रोतको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*