सजाए भोगिरहेका कैदीको मृत्यु
मोरङ २४ साउन । बिराटनगरको मोरङ कारागारमा एक जना कैदीको मृत्यु भएको छ । बिराटनगर महानगरपालिका ८ स्थित मोरङ कारागारमा जवरजस्ती करणी मुद्धा सजाय भोगिरहेका कैदी डागिहाट घर भएका ६० वर्षीय फुदन ऋषिदेबको मृत्यु भएको हो ।
उनी श्वास प्रश्वास सम्बन्धी बिरामी भई उपचारको लागि कोशी अञ्चल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा बुधबार मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।
