लागुपदार्थ ओसारपसार गर्ने १ जना पक्राउ

तु खबर संवाददाता
२०७५ श्रावण २४, बिहीबार १६:१५

काठमाडौं २४ साउन । काठमाडौं महानगरपालिका १५ स्वयम्भू अन्नपूर्ण चोकबाट लागुपदार्थ ओसारपसारमा सम्लग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तार्केश्वर नगरपालिका ६ बस्ने दोलखा मागापौवा गाउँपालिका १ घर भएका २३ वर्षीय बादल श्रेष्ठलाई अवैध लागूऔषध नुर्फिन ३४ थान, डाइजेल्याब ३४ थान र फेनारागन ६० एम्पुल सहित बुधबार प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी चन्द्रागिरी नगरपालिका २ नागढुङ्गा स्थित चेक प्वाइन्टमा दाङबाट काठमाडौं आउँदै गरेको ना ६ख ७९१० नम्बरको बसमा सवार काठमाडौं महानगरपालिका ९ गौशला बस्ने ३७ वर्षीय राजिब गुरुङलाई लागूऔषध डाईजेपाम १ सय एम्पुल, नुर्फिन १ सय १ एम्पुल र फेनारगन १ सय एम्पुल सहित बिहीबार प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।

उक्त विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*