रासायनीक ग्यास आक्रमणमा ७० जनाको मृत्यु

तु खबर संवाददाता
२०७४ चैत्र २५, आईतवार ११:३१

सीरिया, २५ चैत । सीरियाको गुटास्थित डउमा क्षेत्रमा रासायनीक ग्यास आक्रमण हुँदा कम्तिमा ७० जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

गुटा क्षेत्रमा विद्रोहीविरुद्ध सरकारी सेनाले आक्रमण गर्दै आएको छ । सीरियाली सेनालाई रुसले सघाइरहेको छ । गुटाको डउमा क्षेत्रमा टक्सिक ग्यास आक्रमण भएको समाचारहरु आइरहे पनि यसको स्वतन्त्र रुपमा पुष्टि हुन भने बाँकी रहेको बीबीसीले जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले घटनाको अनुगमन गरिरहेको र यस रसायनिक आक्रमणको जिम्मेवारी सीरियालाई सघाइरहेको रुसले लिनुपर्ने बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*