नेप्से झिनो अंकले घट्यो, करिब ९ अर्बको कारोबार
काठमाडौं । साता कारोबारको चौथो दिन बुधबार सेयर बजार सामान्य अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.०४ अंकले घट्दै २६६२.०९ बिन्दुमा पुगेर बन्द भएको हो ।
बजारमा आज ३२९ वटा कम्पनीका सेयर किनबेच हुँदा कुल कारोबार रकम ८ अर्ब ६९ करोड २२ लाख रुपैयाँ पुगेको छ । कारोबार रकमका आधारमा रिदी पावर कम्पनी अग्रस्थानमा रहँदै ६५ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
त्यस्तै, आँखुखोला जलविद्युत कम्पनीको ६२ करोड १३ लाख रुपैयाँ, सिंगटी हाइड्रो इनर्जीको ५८ करोड ७६ लाख रुपैयाँ तथा एसवाई प्यानलको २७ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भई यी कम्पनीहरू पनि उच्च कारोबार गर्ने सूचीमा परेका छन् ।
