विद्युतीय कारोबारमा बढ्दो रुचि: मोबाइल बैंकिङमार्फत साढे ५ खर्बको लेनदेन

तु खबर संवाददाता
२०८२ कार्तिक ३०, आईतवार १३:३२

काठमाडौँ ।  आर्थिक वर्ष २०८२/८३ का तीन महिनामा देशमा विद्युतीय कारोबारमा उल्लेखनीय वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस्तो देखाएको हो ।

२०८२ असोजमा डेबिट कार्ड प्रयोगकर्ताहरूले कुल १ करोड ८ लाख कारोबारमार्फत १ खर्ब १ अर्ब २१ करोड रुपैयाँ बराबरको कारोबार गरेका छन्।

त्यसैगरी, मोबाइल बैंकिङमार्फत ६ करोड ४४ लाख कारोबारमा ५ खर्ब ४८ अर्ब ५२ करोड रुपैयाँ बराबरको लेनदेन भएको छ।

क्यु–आर कोड भुक्तानी प्रणालीमा पनि बढ्दो प्रवृत्ति देखिएको छ। यस प्रणालीमार्फत ३ करोड ७४ लाख कारोबारमा १ खर्ब २१ अर्ब ७८ करोड रुपैयाँ बराबरको भुक्तानी गरिएको छ।