शिवम् सिमेन्ट खानी स्थानीयद्वारा बन्द, प्रभावित सरोकार समितिले सार्वजनिक सुनुवाई गर्ने

तु खबर संवाददाता
२०७४ फाल्गुन ४, शुक्रबार १८:३८
फाईल फोटो, शुक्रबार भएको सार्वजनिक सुनुवाईको पूर्व तयारी सम्बन्धी छलफल

मकवानपुर, ४ फागुन । शिवम् सिमेण्टको खानीका कारण विभिन्न समस्या झेलिरहेकाहरुको स्थानीयले सार्वजनिक सुनुवाई गर्ने भएका छन् । साथै उद्योगले सहमति कार्यान्वयन नगरेको भन्दै खानी समेत बन्द गरेको संचारकर्मी सुनिल गौतमले बताएका छन् ।

सार्वजनिक सुनुवाईका लागि शुक्रबार शिवम सिमेन्ट खानी प्रभावित वस्ति संरक्षण एवं ब्यवस्थापन सरोकार समितिले सार्वजनिक सुनुवाई पूर्वतयारी भेला मकवानपुर गढीगाउँपालिका वडा नम्बर ६ मा सम्पन्न भएको छ । प्रभाव न्यूनिकरण तथा सहमति कार्यान्वयनका लागि दवाव दिने उदेश्यका साथ सार्वजनिक सुनुवाई गर्ने तयारीका लागि सरोकारवालाको भेला आयोजना गरिएको समितिका सचिव नरबहादुर स्याङ्तानले जानकारी दिएका छन् ।

भेलापछि बसेको बैठकले उद्योगले आफूहरुसंग गरेको सहमति कार्यान्वयन नगरी खानी सञ्चालनमा ल्याएकोले माग पूरा नभएसम्मको लागि खानी बन्द समेत गरेको छ । शिवमको लागि चाहिने कच्चापदार्थ ढुङ्गाखानी जाने बाटोमा सवारी साधन चल्न नदिन सडकमा ग्रयावेल थोपरेर अवरोध पुर्याईएको हो ।

भेलामा बोल्दै स्थानीय खानी प्रभावित पीडितहरुले विना अनुमति दुर्लभ मानिएका बनस्पतिहरु पाँचऔले, रक्तचन्दन, दालचिनी ओखर जस्ता वनस्पति रहेको बनक्षेत्र समेत शिबमले अतिक्रमण गर्दा पनि सम्वन्धित निकाय मौन रहेको प्रति आक्रोश ब्यक्त गरेका छन् ।

मकवानपुर जिल्लाकै उच्च रहेको स्थान बुर्जालेकमा भ्यू टावर निर्माण गरि देशका थुप्रै जिल्लाको दृश्यावलोकन गर्न सकिने स्थानमा खानी उत्खनन गर्न दिएर भु–प्राकृतिक पर्यटकीय स्थानलाई समेत ध्वस्त पार्न प्रशासनको पनि मिलेमतो रहेको समितिको आरोप छ । कार्यक्रममा गढी ६ का वडा अध्यक्ष टीका प्रसाद दहालले मकवानपुर गढीमा रहेको सम्पदा अब स्थानीय सरकारको मातहतमा रहेको र दशको मूल कानुनसंग नबाझिने गरि स्थानीय ऐन कानुनबाट त्यसलाई कानुनी दायरामा ल्याईने हुनाले सम्वन्धित पक्षलाई नआत्तिन आग्रह गरेका छन् ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष विदुर हुमगाईले आफुहरु जनताको पक्षमा भएको दाबी गर्दै खानी सञ्चालनमा आउनु सबैको आर्थिक समृद्धि भएको तर खानीबाट निस्केका समस्या उद्योगले नै समाधान गर्नुपर्ने हुँदा त्यसका लागि गाउँपालिकाबाट कुनै कसुर बाँकी नराख्ने निर्देशन दिएका छन् ।

कार्यक्रममा बोल्दै ५ नम्बर वडा अध्यक्ष जीत बहादुर घिमिरेले गढी गाउँपालिकाका सबै वडाहरु शिवम् खानी प्रभावित रहेकोले १३ बुँदे संझौता र डिपिआर बमोजिम काम हुनुपर्नेमा जोड दिए । वडा नम्बर ४ का अध्यक्ष रामप्रसाद तिमल्सिनाले प्रभावित क्षेत्रका ब्यक्तिहरु नै एकजुट हुन नसकेकोले फुटाउ र राज गरको शैलीमा उद्योगले सहमति कार्यान्वयन नगरेर सुख नपाउने धारणा ब्यक्त गरेका छन् ।

समितिका अध्यक्ष कृष्णप्रसाद चौलागाईको अध्यक्षतामा भएको कार्यक्रम गाउँपालिका अध्यक्ष हुमगाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*