तेस्रो लिङगी बताउने नितसा नगद लुटेर भाग्दै गर्दा पक्राउ

तु खबर संवाददाता
२०७४ फाल्गुन ४, शुक्रबार १८:२०
तस्बिर–गुगल

काठमाडौँ, ४ फागुन । काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित संचयकोष चोक नजिक गल्लीबाट नगद लुटी भाग्दै गरेको अवस्थामा काठमाडौं लाजिम्पाट बस्ने चितवन भरतपुर–२ की २० वर्षीया नितसा परियारलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

आफूलाई तेस्रो लिङगी बताउने नितसा समेतका ५ जनाले सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ बस्ने ३४ वर्षीय सोमराज घलानको साथमा रहेको नगद १ लाख २५ हजार लुटी भाग्ने क्रममा परियारलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनको साथबाट लुटिएको रकममध्ये ३२ हजार रुपैयाँ बरामद भएको छ ।

अन्य लुटेरा फरार भएकोले खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*