प्रदेश राजधानी हेटौँडालाई थोत्रो गाडी, माग गरेको गाडी आएन
मकवानपुर, ४ फागुन । प्रदेश नम्बर ३ को राजधानी मकवानपुरको हेटौँडामा सातै मन्त्रालयहरु स्थापना गरिएता पनि कर्मचारी नआएर काम रोकिएको अवस्थामा मन्त्रालयका लागि माग भएका सवारी उपलब्ध नहुँदा थप समस्या भएको छ । ७ मन्त्रालय स्थापना र पाँच मन्त्रालय सञ्चालन भइसक्दा पनि माग अनुसार गाडी नहुँदा थप समस्या भएको हो ।
मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले आवश्यक गाडी माग गरेको हप्तादिन वितिसक्दा पनि गाडी हेटौंडा नआइपुग्दा समस्या भएको छ । कार्यालयले मन्त्री, सचिव, उपसचिव र मन्त्रालयका लागि ६९ वटा गाडी माग गरेपनि हालसम्म करिब एक दर्जन गाडी मात्र उपलब्ध भएको छ ।
क्षेत्रीय प्रशासन मार्फत १६ ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेर जिल्लास्थितका कार्यालयहरुसँग गाडी सहयोग माग गरिएको मुख्यमन्त्री तथा मन्त्री परिषदका सचिव रमेशप्रसाद शिवाकोटीले जानकारी दिए ।
उनले उपलब्ध भएका गाडी समेत थोत्रो भएको बताएका छन् । आउँदाआउँदा बाटोमा बिग्रिएको, थोत्रो र चालक नहुँदा निकै समस्या झेल्नु परेको उनले गुनासो गरेका छन् । गुनासो गरे ।
मन्त्री र सचिवहरुलाई राम्रा गाडी उपलब्ध गराउन नसकेको प्रमुख सचिव रेश्मिीराज पाण्डेले बताए । निकै समस्या झेल्नु परेका छ, जिल्ला कार्यालयसँग गाडी सहयोग माग गरिएको छ ।
