प्रदेश राजधानी हेटौँडामा आउन अटेर गर्दै कर्मचारी, दैनिक काम रोकिएर हाहाकार

तु खबर संवाददाता
२०७४ फाल्गुन ४, शुक्रबार १०:४८
आर्थिक मामिला तथा योजना मन्त्रालय, बागमती प्रदेश हेटौँडा, मकवानपुर

हेटौँडा, ४ फागुन । प्रदेश नम्बर तीनको राजधानी हेटौंडामा सबै मन्त्रालयहरु स्थापना भईसकेका छन् । मुख्यमन्त्री डोरमणि पौडेलसहित भांैतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित र आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकटेलले पदभार ग्रहण पनि गरिसकेका छन् । तर मन्त्रालयमा खटाइएका कर्मचारी आजसम्म पनि नआएपछि अहिले हेटौँडामा काम गर्न नसकेर हाहाकारको स्थिति सिर्जना भएको छ । समयमै कर्मचारी नआउँदा दैनिक काममा प्रभाव परेको जनाइएको छ ।

सामान्य प्रशासन मन्त्रालय काठमाडौंले राजधानी हेटौँडाका लागि कर्मचारी खटाएपनि अधिकांश कर्मचारी हाजिर हुन नआइपुग्दा दैनिक काममा समेत प्रभाव परेको हो । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयसहित ७ मन्त्रालय र प्रदेश सभा सचिवालयका लागि मन्त्री, सचिवसहित २ सय १९ कर्मचारी दरबन्दी रहने व्यवस्था भएपनि हालसम्म ३० जना कर्मचारी मात्र हाजिर भएको जानकारी प्राप्त भएको छ । जसमध्ये मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा ८, आर्थिक मामिला तथा योजना विकास मन्त्रालयमा ३, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा ४, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा ५, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयमा ६ र प्रदेश सभा सचिवालयमा ४ जना कर्मचारी हाजिर भएर काम गरिरहेका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय, , प्रदेश नम्बर ३ हेटौँडा, मकवानपुर

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा मुख्यमन्त्री र सचिवसहित २१, आर्थिक मामिला तथा योजना विकासमा मन्त्री सचिव सहित १८, आन्तरिक मामिला तथा कानूनमा मन्त्री सचिवसहित ४१, भूमि व्यवस्था, कृषि तथा सहकारीमा मन्त्री सचिवसहित २९, उद्योग पर्यटन तथा वन वातावरणमा २९, सामाजिक विकासमा ३०, भौतिक पूर्वाधार विकासमा २४ र प्रदेश सभा सचिवालया २७ कर्मचारीको दरबन्दी रहेता पनि अहिले मन्त्रालय रित्तो छ ।

दरबन्दीका कर्मचारीहरुलाई पत्र हातमा थमाएपनि हाजिर हुन नआइपुग्दा मन्त्रालय संचालन र व्यवस्थापनमा कठिनाइ भएको प्रमुख सचिव रेश्मीराज पाण्डेले बताए । उनले सबै मन्त्रालय स्थापना गरिएको तर कर्मचारी अभावहुँदा मन्त्रालय समस्यामा फसेको गुनासो गरेका छन् ।

प्रदेश सभा बैठक सञ्चालन, मुख्यमन्त्री, सभामुख, उपसभामुख, दुई मन्त्री चयन र सबै मन्त्रालय स्थापना भइसक्दा पनि दुई मन्त्रालयमा कोहि कर्मचारी पनि हाजिर भएका छैनन् । सामाजिक विकास र भौतिक पूर्वाधार विकास मन्त्रालयमा कोहि कर्मचारी नहुँदा मन्त्रालयको दैनिक कामकाजसमेत सुरु भएको छैन । भौतिक पूर्वाधार विकास मन्त्रीमा केशव स्थापितले सपथ ग्रहण लिएपछि मन्त्रालयको तयारी र कर्मचारी नभएपछि मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा सपथ लिए र घर फर्किएका छन् ।

सामाजिक विकास मन्त्रालय, प्रदेश नम्बर ३ हेटौँडा, मकवानपुर

उनले कर्मचारी नभएपछि आफ्नो कुनै काम नभएकोले काठमाडौं फर्किएको बताएका छन् । कर्मचारी आएपछि आफु हेटौँडा फर्किने उनले बताएका छन् । श्रम कार्यालयको भवनमा स्थापना गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयमा आइतबारसम्म सचिव जीवछ मण्डल हाजिर हुने निश्चित भइसकेको प्रमुख सचिव रेश्मीराज पाण्डेले जानकारी दिए ।

स्वास्थ्य निर्देशनालयको भवनमा स्थापना गरिएको सामाजिक विकास मन्त्रालयका लागि खटाइएको कर्मचारी हालसम्म बेखबर छन् । सामान्य प्रशासन मन्त्रालयले दरबन्दी अनुसारको कर्मचारी खटाएपनि हालसम्म सचिवसहित सबै कर्मचारी बेखबर रहेको मुख्यमन्त्री तथा मन्त्री परिषद्का सचिव रमेश प्रसाद शिवाकोटीले जानकारी दिए । उनले हालसम्म सामान्य प्रशासनले कर्मचारी खटाएको जानकारी दिए पनि के नाम थरका कर्मचारी आउने हो भन्ने समेत बेखबर रहेको बताए । हामी निरन्तर सम्पर्क छौं, तर, कर्मचारी कहिले र कोको आउँछन् भन्ने खबर भएको छैन । सामाजिक विकास मन्त्रालय स्थापना गरेपनि दैनिक काम सुरुवात नै भएको छैन भने मन्त्रीको चर्चा समेत भएको छैन ।

भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रदेश नम्बर ३ हेटौँडा, मकवानपुर

आजको हेटौँडा सन्देश दैनिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*