बसको ठक्करबाट दुईजनाको मृत्यु

तु खबर संवाददाता
२०७४ फाल्गुन ३, बिहीबार १६:५८

दाङ, ३ फागुन । लमही नगरपालिका–६ स्थित घोराही–लमही सडकखण्डको वेल्दमार मोडमा बसको ठक्करबाट दुईजनाको मृत्यु भएको छ ।

आज दिउँसो काठमाडौँबाट तुलसीपुर जान लागेका ना६ख २३३१ नंको बसले घोराहीबाट लमही आउँदै गरेको रा४प २९९९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको लमही वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिनुभएको छ ।

मृत्यु हुनेमा लमही नगरपालिका–६ देउपुर निवासी १९ वर्षीय मीनराज न्यौपाने र घोराही उपमहानगरपालिका २१ वर्षीय मञ्जित गुप्ता रहेका छन् । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*