यस्तो छ आजको लागी विदेशी मुद्राको विनिमय दर

तु खबर संवाददाता
२०८२ असार २५, बुधबार ०८:२६

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार २५ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १३६.८२ रुपैयाँ र बिक्रीमूल्य १३७.४२ रुपैयाँ तोकिएको छ।

त्यसैगरी अष्ट्रेलियन डलर एकको खरीददर ८९.५४ रुपैयाँ र बिक्रीदर ८९.९३ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरीददर ३६.४८ रुपैयाँ र बिक्रीदर ३६.६४ रुपैयाँ र कतारी रियाल एकको खरीददर ३७.५४ रुपैयाँ र बिक्रीदर ३७.७१ रुपैयाँ कायम भएको छ।

त्यस्तै यूएई दिराम एकको खरीदमूल्य ३७.२५ रुपैयाँ र बिक्रीमूल्य ३७.४१ रुपैयाँ, मलेसियन रिंगिट एकको खरीदमूल्य ३२.२६ रुपैयाँ र बिक्रीमूल्य ३२.४० रुपैयाँ, दक्षिण कोरियन वन १०० को खरीदमूल्य ९.९९ रुपैयाँ र बिक्रीमूल्य १०.०३ रुपैयाँ निर्धारण भएको छ।