इरानद्वारा कतारमा रहेको अमेरिकी सैनिक अड्डामा भिषण सैन्य आक्रमण

कतारको राजधानी दोहामा भिषण विस्फोटसँगै धुवाको मुस्लोले भरिएको छ । कतार सरकारले नो फ्लाई जोन घोषणा गरेको केही घण्टाभित्रैमा इरानले कतारमा रहेको अमेरिकी सैनिक अड्डामा भिषण सैन्य आक्रमण गरेको हो ।
इरानले एकाएक सैनिक आक्रमण सुरु गरेसँगै सो रुटमा रहेका जहाजहरुको भागभाग भएको थियो । दुई वटा फ्लाई दुबईको जहाज इरानतिर लुक्न पुगेका थिए भने पश्चिमी क्षेत्रबाट दुईतर्फ आउदै गरेका जहाजहरु बीच बाटोबाटै फर्काइएको छ ।
इरानले अमेरिकी सैनिक क्याम्प रहेका खाडी मुलुकका बहराईन, कुवेत तथा दुबईमा समेत मिसाइल आक्रमण हुँदै छ । अमेरिकाले आफ्नो आणविक केन्द्रमा इजरायलको पछि लागेर आक्रमण गरेको भन्दै आक्रोसित बनेको इरानले अमेरिकी सैन्य अड्डा रहेका खाडी मुलुकका देशहरुमा आक्रमणको तयारी गरेको हो ।
अहिले बराईनले आफ्नो आकाश बन्द गरेको छ । त्यस्तै, कुवेत पनि आकाश बन्द गरेर नो फ्लाई जोन कायम गरेको छ । इरानले गर्ने मिसाइल आक्रमणको प्रतिरक्षा गर्न नो फ्लाई जोन काम गरिएको हो ।
उता, एकाएक मिसाइल बर्षिन लागेपछि बराईन, कतार हुँदै दुबईतर्फ आइरहेका जहाजहरु बहराईन विमानस्थलमा आपतकालिन अवतरण गराइएको छ । कतारमा केही बेरअघि इरानले गरेको मिसाइल प्रहारमा कुनै पनि मानवीय क्षति नभएको जनाइएको छ । इरानले गैर सैनिक इलाकालाई लक्षित नगरेकोले सर्वसाधारण नपरेको गल्फ न्यूजले जनाएको छ ।
उता, कतारमा रहेको नेपाली दुताबासले नेपाली कामदारहरुलाई सुरक्षित रहन सूचना जारी गरेको छ । केहीबेर अघि कतारले जारी गरेको सूचनामा भनिएको छ,शान्तिपूर्ण रहन र कतार सरकारको आधिकारिक सूचना र निर्देशन पालना गर्न अनुरोध गरिएको छ । नेपाली राजदूतावास, दोहा कतारमा रहनु भएका सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुका सदैव साथमा रहेको व्यहोरा समेत अवगत गराउन चाहन्छौं ।