दाङमा दुई करोडको कृषि फार्म

तु खबर संवाददाता
२०७४ फाल्गुन २, बुधबार १४:०६

तुलसीपुर, दाङ, २ फागुन । पश्चिम दाङमा रु दुई करोड भन्दा बढीको लगानीमा कृषि फार्म उद्घाटन गरिएको छ ।

मंगलबार महाशिवरात्रिको अवसर पारी तुलसीपुर–८, अश्वारामा रहेको शिवमाया बहुउद्देश्यीय कृषि फार्मको उद्घाटन गरिएको हो ।

विशेष गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न केराबाट उत्पादित चिप्स, अचार र विभिन्न परिकारका नमकिन उत्पादन गर्न शुरु गरेको फार्मले मंगलबारदेखि औपचारिकरुपमा आफ्ना उत्पादनलाई बजारमा ल्याउन शुरु गरेको छ ।

तुलसीपुरको उत्पादनलाई देशभरका बजारमा लैजानका लागि आफूहरुले फार्म सञ्चालन गरेको सञ्चालक भागवत कमलापुरीले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय कृषकको उत्पादनलाई आफ्नो फार्ममा खपत गरेर उपभोक्ताको घरसम्म लैजान आफूहरुले भूमिका खेल्नेसमेत बताउनुभयो ।

फार्मको साना तथा मझौला कृषि आयस्तर वृद्धि आयोजना ९रिजम०का निर्देशक गोकर्णराज अर्यालले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको हो । सो अवसरमा अर्यालले यस्ता उद्योगले स्थानीय कृषकको आयस्तर वृद्धि गर्न टेवा पुग्ने बताउनुभयो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*