किसान दुग्ध उत्पादक सहकारीमा सत्याल

तु खबर संवाददाता
२०७४ माघ २८, आईतवार १०:५४

हेटौँडा, २८ माघ । हेटौंडा १७ हटियामा रहेको किसान दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा उद्धव सत्याल विजयी भएका छन् ।

अध्यक्षका प्रत्याशी जगन्नाथ रिमाललाई हराउँदै सत्याल विजयी भएका हुन् । रिमालले ९९ मत प्राप्त गर्दा सत्यालले १ सय ९० मत प्राप्त गरेका थिए । त्यसैगरि सहकारीको उपाध्यक्षमा हेमप्रसाद न्यौपाने विजयी भएका छन् । उपाध्यक्षमा निर्मला पौडेल र कुबेरप्रसाद खतिवडालाई हराउँदै न्यौपाने विजयी भएका हुन् । पौडेलले ९५ र खतिवडाले ५४ मत प्राप्त गर्दा न्यौपानेले १ सय २४ मत प्राप्त गरि विजयी भएको निर्वाचन समितिका संयोजक शरदकुमार रिजालले जानकारी दिए ।

त्यसैगरि संस्थाको सदस्यहरुमा सुनिल राउत, कुबेरनाथ गौतम,प्रकाश पौडेल, सुन्दर न्यौपाने, विष्णुप्रसाद सुवेदी चयन भएको सहकारी संस्थाका व्यवस्थापक देवराज अधिकारीले जानकारी दिए । ३ वर्षे कार्यकालको लागि भएको निर्वाचनमा महिला सदस्यमा दुर्गा महत र तारा घिमिरे नेपाल निर्वाचित भएका छन् । त्यसैगरि लेखा समिति संयोजकमा चुडामणी रुपाखेती र सदस्यहरुमा श्यामप्रसाद हुमागाई, गीता रेग्मी अधिकारी निर्वाचित भएका छन् ।

अध्यक्ष निर्वाचित भएपश्चात सत्यालले सहकारी संस्थाको बृद्धि विकासमा आफ्नो कार्यकालमा कुनै पनि कसर बाँकी नराख्ने बताए । ३ सय ११ जना शेयर सदस्य रहेको सहकारी संस्थाको ३ सय मत खसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*