रेडियो अनमोलको नियमित प्रशारण प्रारम्भ

तु खबर संवाददाता
२०७४ माघ २६, शुक्रबार १८:४७

मकवानपुर, २६ माघ । मकवानपुरको कान्छो रेडियोका रुपमा स्थापित रेडियो अनमोल ९० मेगाहर्ज बिहीबारबाट नियमित प्रशारणमा आएको छ । हेडम्बा मिडीया प्रालिले सञ्चालन गरेको रेडियोमा बिहीबारदेखि नै समाचार तथा मनोरञ्जनका लागि विभिन्न कार्यक्रम प्रशारणको सुरुवात गरिएको छ । हेटौंडाको खोपेगल्लीमा स्टेशन रहेको रेडियो दुई महिना परीक्षण प्रशारण गरिएको थियो ।

आवाजको भीडमा पृथक पहिचान भन्ने नारा सहित प्रशारण आरम्भ गरिएको रेडियो विहान ५ बजेदेखि राती ११ः०० बजेसम्म प्रशारण हुनेछ । रेडियोमा हरेक घन्टा समाचार तथा मनोरञ्जनात्मक कार्यक्रम प्रशारण गर्ने गरी तयारी गरिएको रेडियोका स्टेशन संयोजक बालकृष्ण दाहालले जानकारी दिए ।

रेडियोले आफ्नै उत्पादनमा अनमोल खबर, अनमोल खबर अपडेट तथा नेटवर्कसंगको सहकार्यमा रााष्टिय समाचार प्रशारण गर्नेछ । रेडियोबाट सूचना, शिक्षा, मनोरञ्जनका लागि विभिन्न कार्यक्रम प्रशारण गरिने जनाइएको छ ।

रेडियोलाई मकवानपुरसहित आसपासका जिल्लाका केही स्थान र इन्टरनेटमा  रेडियो अनमोल डटकममार्फत सुन्न सकिने व्यवस्था रहेको स्टेशन संयोजक दाहालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*