परिवर्तन गरियो गाउँपालिकाको नाम

तु खबर संवाददाता
२०७४ माघ २५, बिहीबार १४:४५

लहान, २५ माघ । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको पहिलो गाउँसभाले गाउँपालिकाको नाम संशोधन गरी ‘बाबा हरिसिंह देव गाउँपालिका’ नामाकरण गर्ने निर्णय गरेको छ ।

परापूर्वदेखि नै यो क्षेत्र हरिहरसिंह देवको नामले चिनिने भएकाले गाउँसभामार्फत गाउँपालिकाको नाम संशोधन गरी ‘बाबा हरिसिंह देव गाउँपालिका’ नामाकरण गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष रामबल्लभ साहले जानकारी दिनुभयो ।

यस्तै गाउँसभाले आर्थिक वर्ष २०७४÷०७५ का लागि रु २६ करोड ४३ लाख ६८ हजार ४८४ बजेट पारित गरेको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*