मान्छे क्यालोफोर्नियामा जन्मदिन मामाघरमा

तु खबर संवाददाता
२०७४ माघ २५, बिहीबार १४:११

मकवानपुर, २५ माघ । मकवानपुरको हेटौँडा–४ मा घर भई हाल क्यालोफोर्निया, सान्फ्रान्सिस्को बसोबास गरिरहेका निर्मलराज उप्रेतीले आफ्नो जन्मदिनका अवसरमा हेटौँडामा रहेको मामाघर नेपाललाई सहयोग गरेका छन् ।

सडक बालबालिकाको क्षेत्रमा कृयाशिल मामाघर नेपाल मकवानपुरमा उप्रेतीले २७ औ जन्मोत्सवको अवसरमा जीवन मैनाली र बिबेक ढकालको हातबाट मामाघरमा संरक्षित भान्जाहरु सँग केक काटेर खुशी साटासाट गरेका हुन् ।

सो अवसरमा उनले चामल १ बोरा,चिउरा १ बोरा,वाइवाइ चाउचाउ १ कार्टुन,बिस्कुट २ दर्जन,दाल ५ केजी,नुन ५ पाकेट, चिनी ५ केजी, चियापत्ति १ केजी,कार्पेट १० मिटर, मिठाई १ पाकेट सहयोग स्वरुप उपलव्ध गराएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*