हेटौंडामा ७ मन्त्रालयको बोर्ड झुण्डियो, कार्यालय नभेट्दा जनतालाई सास्ती

तु खबर संवाददाता
२०७४ माघ २४, बुधबार १८:५७
आन्तरिक मामिला तथा कानुन मन्त्रालय, , बागमती प्रदेश हेटौँडा, मकवानपुर

–बलराम पुडासैनी
मकवानपुर, २४ माघ । प्रदेश नम्वर ३ को अस्थायी राजधानी मकवानपुरको हेटौंडाका केही सरकारी कार्यालयहरुमा ७ वटा मन्त्रालयहरुको बोर्डहरु टाँसिएको छ । हेटौँडा ३ नम्वर प्रदेशको अस्थायी राजधानी भएपछि प्रदेश सरकारको संरचना अनुसार मन्त्रालयहरुको स्थापना गर्ने तयारी भएको हो ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, प्रदेश नम्बर ३ हेटौँडा, मकवानपुर

जस अनुसार जिल्ला समन्वस समिति रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय स्थापना गरिएको छ । त्यस्तै जिल्ला शिक्षा कार्यालय रहेको भवनमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय ,डिभिजन सहकारी रहेको भवनमा आर्थिक मामिला तथा योजना मन्त्रालय ,हेटौंडाको चौकीटोलको नवनिर्मित श्रम कार्यालय रहेको भवनमा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र भौतिक पुर्वाधार विकास मन्त्रालय स्थापना गरिएका छन् । त्यस्तै क्षेत्रिय बन कार्यालय रहेको भवनमा उद्योग बन तथा वातावरण मन्त्रालय रहने गरी तयारी गरिएको छ ।

सामाजिक विकास मन्त्रालय, प्रदेश नम्बर ३ हेटौँडा, मकवानपुर

मन्त्रालय बाहेकका कार्यालयहरु प्रदेशसभा सचिवालयको कार्यालय ,क्षेत्रिय शिक्षा निर्देशनालय रहेको भवनमा पदस्थापना गरी संचालनमा समेत ल्याईसकिएको छ । त्यसैगरी प्रदेश प्रमुखको कार्यालय भने क्षेत्रिय प्रशासन कार्यालय रहेको भवनमा स्थापना भई संचालनमा आईसकेको छ । क्षेत्रिय प्रशासन कार्यालयलाई अहिले जिल्ला समन्वय समितिको भवन रहेको कार्यालयमा व्यवस्थापन गरिएको छ ।

७ वटै मन्त्रालयहरुको बोर्डहरु राखेर सकेको भए पनि मन्त्रालय संचालन भने कहिलेबाट सुरु हुन्छ त्यसको निक्र्यौल भने भईसकेको छैन ।

मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेश नम्बर ३ हेटौँडा, मकवानपुर

मन्त्रालयहरु कहिले बाट संचालनमा आउछन् ?
मंगलबार मन्त्रालयको बोर्डहरु राखिएको भवनमा मन्त्रालय संचालन कहिलेबाट हुन्छ त्यसको जानकारी आफुहरुसंग नभएको मुख्य मन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव रमेश सिवाकोटीको भनाई छ । शिवाकोटीले तु खबरलाई दिएको जानकारी अनुसार सचिवहरु आईनसकेका कारण मन्त्रालय कहिलेबाट संचालनमा आउने जानकारी दिन नसकिने बताए । तर उनले फागुनको पहिलो हप्ताबाट संचालनमा आउनसक्ने अनुमान गरिएको बताए ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नम्बर ३ हेटौँडा, मकवानपुर

कर्मचारीहरु कति चाहिन्छ र उनीहरु कहिले आउछन् ?
सचिव सिवाकोटीका अनुसार ७ वटा मन्त्रालयमा गरी २०१ जना कर्मचारी आवश्यक हुन्छ र तयारी पनि २०१ जनालाई नै ल्याउनको लागि भइरहेको छ । सचिवको हकमा भने सभामुख र प्रदेश प्रमुख बाहेक ८ जना चाहिने उनले जानकारी दिए । हाल सम्म ३ जना सचिव उपस्थित भईसकेको र ५ जना सचिव आउन बाँकी रहेको उनको भनाई छ । मन्त्रालयको कार्यक्षेत्र र कर्मचारी आवश्यकता अनुसार एउटा मन्त्रालयमा १८ देखि ४० जनासम्म कर्मचारी चाहिने उनले तु खबरलाई जानकारी दिएका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश नम्बर ३ हेटौँडा, मकवानपुर

जिल्लाका सरकारी कार्यालय व्यवस्थापनमा समस्या, कहाँ सारियो जिल्लाका कार्यालय ?
प्रदेश स्तरका कार्यालयहरु तथा मन्त्रालयहरु हेटौंडाका सरकारी कार्यालयका भवनमा व्यवस्थापन गर्ने तयारी हुनथालेपछि जिल्लाका कार्यालयहरु व्यवस्थापनमा केही कठिनाई पनि देखिएको छ ।

जिल्ला समन्वय समितिको कार्यालय आफ्नो पुरानै कार्यालयमा सरेको छ , त्यसैगरी क्षेत्रिय प्रशासन कार्यालय जिल्ला समन्वय समितिको भवनमा मुख्य मन्त्रीको कार्यालयसंगै रहेको छ । क्षेत्रिय स्वास्थ्य कार्यालयलाई जिल्ला जनस्वास्थ्य कार्यालयको भवनमा स्थानान्तरण गरिएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रदेश नम्बर ३ हेटौँडा, मकवानपुर

कार्यालय स्थानान्तरणको जानकारी जनतामा नहुँदा केहि जनताहरुमा केहि अन्यौलता भने पक्कै छ तर त्यसको निराकरणको लागि जनतामा जानकारी दिन सरोकारवालाहरु पनि लाग्नु पर्ने बुद्धिजीविहरु बताउँछन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय, , प्रदेश नम्बर ३ हेटौँडा, मकवानपुर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*