बालबोध माविको ६७ औँ वार्षिक उत्सवमा विविध कार्यक्रम
मकवानपुर, २३ माघ । हेटौंडा–१७ मा रहेको बालबोध माविले विविध कार्यक्रम गरेर ६७ औं वार्षिक स्थापना दिवस मनाएको छ । विविध कार्यक्रम गरी मनाइएको स्थापना दिवसको मंगलबार समापन गरिएको छ ।
स्थापना दिवसमा विद्यालयले खेलकुद प्रतियोगिताको आयोजना गरेको थियो । समापन कार्यक्रममा खेलकुद, हाजिरी जवाफलगायतका प्रतियोगितामा सहभागीलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न दाताले सहयोग गरेको छात्रवृति विद्यार्थीलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा बेलायतमा रहेका केशव रुपाखेतीले ४ जना विद्यार्थीलाई उपलब्ध गराएको छात्रवृत्ति प्रदान गरिएको थियो । विद्यार्थी आकृति सुवेदी, मनिषा महर्जन, स्वस्तिका अधिकारी र पविता मान्नधरलाई प्रति विद्यार्थी ८ हजार ४ सयका दरले प्रदान गरिएको थियो । छात्रवृत्ति केशवका दाजु बैकुण्ठ रुपाखेतीले प्रदान गरेका थिए ।
यसैगरी इन्टरनेट क्लबका अध्यक्ष तथा मकवानपुर फुटबल संघका वरिष्ठ उपाध्यक्ष मनिष श्रेष्ठले विद्यार्थीलाई सहयोग प्रदान गरेका थिए । उनले विष्णुमाया श्रेष्ठ लाई ३ हजार ६ सय, शैलेस ढकाललाई ६ हजार, मिना तिमल्सिनालाई ३ हजार ६ सय र प्रतिमा सुवेदीलाई ३ हजार ६ सय सहयोग उपलब्ध गराएको प्राचार्य भीमसेन श्रेष्ठले जानकारी दिए ।
यसैबीच कार्यक्रममा शिक्षक उमाकान्त आचार्यले उत्कृष्ट अंक ल्याउने पुन तिमल्सिना र विदान आचार्यलाई एक–एक हजार प्रदान गरेका थिए । यस्तै शिक्षक रमेश रिजालबाट उत्कृष्ट विद्यार्थीलाई विद्या खड्का, विना श्रेष्ठ, तारा डंगोल र रविन्द्र पौडेललाई जनही एक–एक हजार र सुपेन्द्र श्रेष्ठ, आरती सुवेदी, सन्दीप दाहाल र पुजन तिमल्सिनालाई पाँच–पाँचसय नगद प्रदान गरेका थिए । कार्यक्रममा अतिरिक्त क्रियाकलाप र कक्षागत रुपमा उत्कृष्ट छात्रछात्रालाई पुरस्कार प्रदान गरिएको थियो ।
स्थापना दिवसको अवसरमा आयोजित आमा अभिभावक म्युजिकल चियर्स, शिक्षक स्लो बाइक, म्युजिकल चियर्स र विद्यार्थी बीच भएको एकल नृत्यमा प्रथम, द्धितीय र तृतिय हुनेलाई पुरस्कार प्रदान गरिएको थियो । साथै विद्यार्थीलाई अनुशासन पुरस्कार पनि प्रदान गरिएको थियो । स्थापना दिवसको अवसरमा कबड्डी, हाजिरीजवाफ, चकलेट दौड, भलिबल, मेमोरी टेस्टलगायतका प्रतियोगिता आयोजना गरेको प्राचार्य श्रेष्ठले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलबहादुर विष्टको अध्यक्षतामा भएको समापन कार्यक्रमको प्रमुख अतिथि हेटौंडा १७ का वडा अध्यक्ष भैरवबहादर राई रहेका थिए । कार्यक्रममा दामोदर सुवेदी, रामबहादुर नेपाली, गीता नेपाली, जानुका सुवेदी, रीता दाहाल, छविलाल सुवेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
