हाडनाता करणी मुद्धामा फरार रहेका हेटौँडाका सिवाकोटी जेल चलान
मकवानपुर, २३ माघ । हाड नाता तथा जबरजस्ती करणी मुद्धामा कैद तोकी फरार रहेका मकवानपुरका एक मानिसलाई पक्राउ गरि सजाय भुक्तानका लागि जेल चलान गरिएको छ । प्रहरीले फरार रहेका हेटौँडा ११ बस्ने पुरुषोत्तम सिवोकाटीलाई पक्राउ गरेको हो ।
मकवानपुर जिल्ला अदालतको मिति २०७३ फागुन १ गतेको फैसलाले जवरजस्ती करणी १० वर्ष र हाडनाता करणी मुद्दामा ३ वर्ष गरी सिवोकाटीलाई जम्मा १३ वर्ष कैद तोकेको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर ११ बाट माघ २२ पक्राउ गरेको थियो ।
उनलाई मकवानपुर जिल्ला अदालतमा पेश गरेकोमा सजाय भुक्तानको लागी कारागार कार्यालय भिमफेदीमा पठाईएको प्रहरीले जानकारी दिएका छन् ।.
