कृषि सेवा केन्द्र स्थानीय तहमा

तु खबर संवाददाता
२०७४ माघ २३, मंगलवार १४:२४

नुवाकोट, २३ माघ । जिल्ला कृषि विकास कार्यालय मातहत रहेका कृषि सेवा सेवा केन्द्र स्थानीय तहमा समायोजन गरिएको छ ।

छ स्थानमा रहेका सेवा केन्द्रले प्रवाह गर्दै आएको सेवा स्थानीय तह मातहत सञ्चालन हुने कानुनी प्रावधान भएकाले हस्तान्तरण गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिनुभयो । केन्द्रमा रहेका कर्मचारी गत भदौदेखि नै स्थानीय तहमार्फत हाजिरी प्रमाणीकरण गर्दै आएकामा औपचारिक रुपमा कर्मचारीसहित भौतिक संरचना ९भवन०, कार्यालयका कागजात, उपकरण, फर्निचरलगायत सामग्री स्थानीय तहअन्तर्गत नगर तथा गाउँपालिकाका प्रमुखलाई हस्तान्तरण गरिएको हो ।
जिल्लाका विदुर नगरपालिकाको देवीघाट, लिखु गाउँपालिकाको चौघडा, शिवपुरीको थानापति, मेघाङको देउराली, ककनीको रानीपौवा र तादीको खरानीटारमा सेवा केन्द्र सञ्चालनमा छन् ।
सेवाकेन्द्रबाट प्रवाह हुने कार्यक्रम यसअघि जिल्ला कृषि विकास कार्यालयअन्तर्गतका कार्यक्रम सञ्चालन हुँदै आएकामा अब भने स्थानीय तहले सञ्चालन गर्ने कार्यक्रम सञ्चालन गर्ने भएका छन् । डा गैरेका अनुसार सेवा केन्द्रको हस्तान्तरणसँगै जिल्ला कृषि विकास कार्यालय पनि हस्तान्तरणका लागि लगत संकलन शुरु भएको छ ।
विद्युतीय हाजिर कापी

नेपाली युवा वैज्ञानिक दाजुभाइ राम र लक्ष्मण रिमालले यहाँको एक विद्यालयलाई विद्युतीय हाजिरी उपकरण उपलब्ध गराएका छन् ।
आफूले प्राथमिक तहसम्मको शिक्षा प्राप्त गरेको बेलकोटगढी नगरपालिका–१२ देउरालीस्थित चण्डादेवी माविलाई उनीहरुले विद्युतीय हाजिरी उपकरण निःशुल्क प्रदान गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रराज सेढाईंले बताउनुभयो ।
विद्युतीय हाजिरी उपकरणले शिक्षकलाई विद्यालयमा समयमा नै उपस्थित भएर जिम्मेवार बनाउन र विद्यार्थीलाई नियमित उपस्थित गराउन सहयोग मिल्ने विद्यालयका प्रअ माधव सिलवालको भनाइ छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*