एकीकृत बस्ती निर्माणकालागि पर्यो दश स्थान छनोट

तु खबर संवाददाता
२०७४ माघ २३, मंगलवार ०९:३५

नुवाकोट, २३ माघ । यहाँका तीन ठाउँमा निर्माण गर्न लागिएको एकीकृत बस्तीका लागि प्रारम्भिक चरणमा दश स्थान छनोटमा परेका छन् ।

एकीकृत बस्ती निर्माणका लागि सम्भावित बस्तीको छनोट गर्न चयन भएको परामर्शदाता कम्पनीले तयार गरेको प्रतिवेदनको आधारमा जिल्लाका सरोकारवाला सम्मिलित सोमबारको बैठकको सुझावको आधारमा छनोट भएका दश स्थानको विस्तृत स्थलगत अध्ययन शुरु गर्न लागिएको हो ।

विकासका पर्याप्त पूर्वाधार निर्माण गर्न सकिने, ठूलो समूहमा बस्ती बसाल्न सकिने स्थान भएको, आसपास बस्तीलाई समेत पायक पर्ने सम्भावित दश स्थान छनोटमा परेकाले तीनको स्थलगत अध्ययनको आधारमा तीन बस्ती छनोट गर्न लागिएको जिल्ला आयोजना कार्यान्वयन एकाइका आयोजना प्रमुख विदुर खड्काले जानकारी दिनुभयो ।

विज्ञ तथा परामर्शदाता कम्पनीका अनुसार नेपाल सरकारमार्फत निर्माण गर्न लागिएको एकीकृत बस्तीको लागि जिल्लाको चौघडाको गड्खार, दुईपिपलको कोल्पुटार, रातमाटेको चन्द्रेटारस्थित खाल्टे, शिवपुरीको डुम्रे, कविलासको अप्राहस्थित सहरेटार, ककनीको रातमाटेटार, बुधसिंहको थली, शिखरबेँसीको डिही, मेघाङको देउराली बजार र नर्जामण्डपको बाहुनबेँसी छनोटमा परेका छन् ।

एकीकृत बस्ती निर्माणका लागि छनोटमा परेका सम्भावित स्थानको डिपीआरका लागि शहरी विकास मन्त्रालयमार्फत परामर्शदाता संस्था गिडा नेपाल र ग्रिड श्रेष्ठको संयुक्त लगानीले जिम्मेवारी पाएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*