ढुंगाले च्यापिएर दुईजनाको मृत्यु

तु खबर संवाददाता
२०७४ माघ २२, सोमबार १५:१०

अछाम, २२ माघ । मेल्लेख गाउँपालिका–१ रिसिदहमा ढुंगाले च्यापिएर दुईजनाको मृत्यु भएको छ ।

ढुंगाले च्यापिएर मेल्लेख गाउँपालिका–१ का ४० वर्षीय मनसिंह धामी र ४१ वर्षीय हरिदेव धामीको मृत्यु भएको हो ।

सोही ठाउँका नन्द विष्टको घर छाउन ढुंगा निकाल्ने क्रममा आइतबार दुवैजनाको मृत्यु भएको हो । ढुंगाले च्यापिएर नन्दसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई उपचारको लागि बयलपाटा अस्पताल लगिएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*