यसरी परे चेपाङ काईला आफ्नो घरबाट पक्राउ

तु खबर संवाददाता
२०७४ माघ २२, सोमबार ०८:२४
तस्बिर–गुगल

मकवानपुर, २२ माघ । मनहरी गाउँपालिका–९ ज्यामिरे बस्ने ४५ बर्षीय चेपाङ काइला भन्ने भोजबहादुर प्रजालाई लागूऔषध गाँजा ३ के.जी. सहित प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा ३ जना व्यक्तिहरुले गाँजा बोकी आउदै गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोली आइतबार उक्त स्थानमा पुग्दा प्रहरीलाई टाढैबाट देख्नासाथ उनीहरुले बोकेको ३० के.जी गाँजा बाटोमै छोडेर भागेका थिए ।

प्रहरीले उक्त गाँजा बरामद गरी गाँजा छाडी भागेका व्यक्तिहरु खोजतलास गर्ने क्रममा प्रजाको घरमा शंका लागी तलासी गर्दा घरबाट थप ३ के.जी.गाँजा बरामद भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*