कसले दियो हुप्रचौरमा कन्सर्ट गर्ने स्विकृति ?

तु खबर संवाददाता
२०७४ माघ २१, आईतवार १४:३५

मकवानपुर, २१ माघ । मकवानपुरको हेटौंडामा रहेको हुप्रचौरमा हिजो वल्र्ड लिंक ईन्टरनेटको आयोजनामा कन्सर्ट भयो । हुप्रचौरलाई खेलमैदानको रुपमा स्थापित गर्ने भन्दै हेटौंडा उपमहानगरपालिकाले अन्य सांस्कृतिक कार्यक्रमहरु गर्नको लागि रोक लगाउँदै आएको थियो । तर शनिबार भएको कन्सर्टलाई किन नगरपालिकाले स्विकृति दियो भन्ने विषयमा अहिले मकवानपुरवासीहरुले सामाजिक संजाल मार्फत आक्रोस व्यक्त गर्न थालेका छन् । कतिपयले बहस समेत गरेका छन् ।

यस विषयमा तु खबरलाई पनि धेरैले प्रश्न गरेपछि हामीले यस विषयमा खोजी गरेका छौँ । यस विषयमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलाई हेटौंडा उपमहानगरपालिकाले हुप्रचौरमा कार्यक्रम गर्ने स्विकृति दिनुभएको हो भनेर प्रश्न गर्यौँ । उनले आफु हेटौँडाभन्दा बाहिर भएकोले यसबारेमा अनभिज्ञ भएको बताए । आफु काठमाण्डौमा भएको र आफुलाई केही पनि जानकारी नआएको उनको भनाई छ ।

त्यसो त उपमहानगरपालिकाले माघमा हुने भनिएको सामाजिक सहयोगार्थ आयोजित मेला गर्न भने हुप्रचौरमा अनुमति दिएको थिएन । तर शनिबार भएको कन्सर्ट हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ कार्यालयको स्विकृतिमा भएको पत्ता लागेको छ । वडा नम्बर ४ का वडाअध्यक्ष नविन सिग्देलले तु खबरलाई प्रतिक्रिया दिँदै वडा कार्यालयको स्विकृतिमा कार्यक्रम भएको बताएका छन् । ‘कार्यक्रम गर्न वडा कार्यालयले स्विकृति दिएको हो ।’ उनले भने । ‘ंसाँस्कृतिक कार्यक्रम, खेलकुद कार्यक्रम र आमसभा गर्न नमिल्ने चौर के काम त्यसकारण मैले नै स्विकृति दिएको हुँ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*