पालुङ बहुमुखी क्याम्पसलाई दोस्रो उत्कृष्ट नतिजा

तु खबर संवाददाता
२०७४ माघ २०, शनिबार ०९:००

-मञ्जरी बलामी
थाहा नगर, २० माघ । उत्तरी मकवानपुरकै पहिलो क्याम्पस पालुङ बहुमुखी क्याम्पसले अहिले सम्मै दोस्रो उत्कृष्ठ नतिजा प्राप्त गरेको छ । त्रिभुवन बिश्व बिद्यालयले १७ गते सार्वजनिक गरेको चार बर्षिय स्नातकतह दोस्रो बर्षको ब्यवस्थापन संकायको नतिजा मार्फत पालुङ बहुमुखी क्याम्पसले उक्त नतिजा प्राप्त गरेको हो । नेपालको कुल नतिजा २९.७१ प्रतिशत हुदा यता पालुङ बहुमुखी क्याम्पसले ७६.६ प्रतिशत नतिजा प्राप्त गरेको हो ।

बि.ए.(मानविकि) तथा बि.बि.एस. (ब्यवस्थापन) संकायमा अध्ययण अध्यापन गराउनदै आइरहेको क्याम्पसले हाल ५ जना गरीब तथा जेहेन्दार बिद्याथीहरुलाइ ५÷५ हजारको दरले छात्राबृति दिदै आइरहेको छ । बिष्णु प्रसाद ढकालले आफ्नो बुबाको स्मृतिमा दबै संकायका एकएक जनालाइ रु ५/५ हजार, सहायक प्राध्यापक हरिकृष्ण कार्कीले आफ्नो बुबाको स्मृतिमा रु ५ हजार, लेखापाल मधुसुदन रायमाझीले आफ्नो कान्छो छोराको स्मृतिमा रु ५ हजार र क्याम्पस प्रमुख अभिकारी आफैले रु ५ हजार नियमित रुपमा छात्राबृति स्वरुप सहयोग गर्दै आइरहेका छन ।

यस्तै यस वर्षबाट बालमकुन्द ढकालले ३ लाख ५ हजारको छात्राबृत्तिकोष पालुङ बहुद्धेश्यीय सहकारी संस्थामा जम्मा गरेको समेत क्याम्पस प्रमुख रामहरी अधिकारीले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*