मानव अधिकार एलाइन्सको अध्यक्षमा रिजाल चयन

तु खबर संवाददाता
२०७४ माघ १९, शुक्रबार १७:५१

मकवानपुर, १९ माघ । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल मकवानपुरके पाँचौ अधिवेसनले तुलसी रिजाललाई अध्यक्षमा चयन गरेको छ ।

हेटौँडामा शुक्रबार भएको अधिवेसनले निर्विरोध कार्यसमिति चयन गरेके हो । उपाध्यक्षमा शिवकुमार काशी, सचिवमा शोभा बराल र कोषाध्यक्षमा गणेश तिमल्सिना चयन भएका छन् । सदस्यहरुमा राधिका चौलागाई, ध्रुव अधिकारी, कल्पना विक, संचिता भट्टराई र सीता बिष्ट रहेका छन् ।

एलायन्सका जिल्ला संयोजक आशाकाजी श्रेष्ठको अध्यक्षता तथा संस्थापक अध्यक्ष बिष्णु ओझाको प्रमुख आतिथ्यतामा अधिबेसन सम्पन्न भएको हो । अधिबेसनको बन्द सत्रको सहजीकरण इन्द्र नेपालले गरेका थिए भने निर्विरोध कार्यसमितिलाई एलायन्सका मध्यमाञ्चल क्षेत्रीय सदस्य कमलकुमार विकले सपथग्रहण गराएक थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*