३ नम्बर प्रदेशको प्रथम बैठक आज हुने, कार्यसुचि कस्तो छ ?

तु खबर संवाददाता
२०७४ माघ १८, बिहीबार ११:०१
फोटो फाईल

बलराम पुडासैनी

मकवानपुर १८ पुस । प्रदेश नम्बर ३ को प्रथम बैठक आज हेटौंडामा हुदैँछ । बैठकका लागि आवश्यक तयारी पुरा भईसकेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । बुधवार सर्वदलिय बैठक मार्फत कार्यसुचीहरु प्नि तय भईसकेका छन् ।
सचिवालयका अनुसार प्रदेशसभाका सदस्यहरु अधिकास बैठकका लागि हेटौँडामा आईसकेका छन् भने केहि आउने क्रममा रहेका छन् । जम्मा १ सय १० जना सदस्यहरु रहने प्रदेशसभा बैठकमा नेकपा एमालेका ५८ जना ,नेपाली काँग्रेसका २१ जना, माओवादी केन्द्रका १५ जना ,राप्रपाका १ जना ,राप्रपा प्रजातान्त्रिकको १ जना ,नेमकिपाको २ जना ,नयाँ शक्तिको १ जना ,विवेकशिलको ३ जना र अन्य ८ जना सदस्यहरु रहेका छन् ।

आज हुने बैठकको लागि ५ वटा कार्यसुचि तयार पारिएको सचिवालयले जानकारी दिएको छ जसमा पहिलोमा प्रदेश प्रमुखले बैठक आह्वानको लागि पत्राचार गरेको पत्र पढिने छ ।

दोस्रोमा दलका प्रतिनिनिधिहरुको मन्तव्य, तेस्रोमा प्रदेशसभा अन्तरिम कार्यविधि ,चौथोमा अध्यक्षता गर्ने सांसदहरुको मनोनयन गर्ने साथै पाँचौँमा सभामुख निर्वाचनको मिति तोकिने विषय रहेको छ । बैठक १ बजे सुरु हुने छ । जसको लागि आवश्यक व्यवस्थापन भईसकेको सचिवालयका सचिव रोजनाथ पाण्डेले तु खबरलाई जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*