प्रदेशसभाको प्रथम बैठक हेटौंडामा भोलि हुने, सर्वदलीय बैठकले के-के एजेण्डा उठाउँदैछ ?

तु खबर संवाददाता
२०७४ माघ १७, बुधबार १७:२१
फोटो फाईल

मकवानपुर १७ माघ । प्रदेश नम्वर ३ को प्रदेश सभाको बैठक भोलि हेटौंडामा हुने भएको छ । जसमा प्रदेश नम्वर ३ का १ सय १० जना प्रदेशसभा सदस्यहरु रहने छन् । बैठकको लागि आवश्यक तयारी सबै पुरा भईसकेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

हेटौंडा प्रदेशको अस्थायी राजधानी भएपछिको प्रथम बैठक भोलि सचिवालयमा हुने भएको हो । प्रदेश सभामुख डोरमणी पौडेलका अनुसार आज सर्वदलीय बैठक हुने छ । जसबाट भोलिको बैठकको लागि केहि एजेण्डाहरु तय हुन ेछन् र त्यस विषयमा छलफल हुने छ ।

भोलि विहिबार १ बजे हुने बैठकको भने सम्पुर्ण तयारी भईसकेको प्रदेश सचिवालयले जानकारी दिएको छ । सभामुख, माननियहरु बस्ने स्थानको व्यवस्थापन र पत्रकारहरुलाई समाचार संकलनको लागि समेत व्यवस्थापन मिलाईएको सभिवालयले जानकारी दिएको छ । बैठकहलको सजावट यस्तो छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*