बस्तिपुर जेसिजको ७ औँ पदस्थापन तथा पुरस्कार वितरण समारोहको उद्घाटन

तु खबर संवाददाता
२०७४ माघ १६, मंगलवार १६:४९

मकवानपुर, १६ माघ । बस्तिपुर जेसिजको ७ औँ पदास्थापन तथा पुरस्कार वितरण समारोहको उद्घाटन भएको छ । केही बेर अघि समारोहकी विशेष अतिथि तथा हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिना लामासहित समानुपातिक सांसद मुनु सिग्देलले समारोहको उद्घाटन गरेका हुन् ।

समारोहमा समानुपातिक सांसद जुनेली श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार कटुवाल, संस्थाका संस्थापक अध्यक्ष गणेश भेटुवाल लगायतको आतिथ्यता रहेको समारोहस्थलबाट हाम्रा समाचार प्रमुख बलराम पुडासैनी र संवाददाता सन्देश थिङले बताएका छन् ।

समारोह माननीय सांसद ईन्द्रबहादुर बानियाँको प्रम्ुख आतिथ्यता र पुस्कल न्यौपानेको सभाध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*