विपन्न नागरिकको उपचारका लागि ३ अर्ब बजेट छुट्याइयो
काठमाडौं । सरकारले विपन्न नागरिकका उपचारका लागि ३ अर्ब बजेट छुट्याएको छ । मंगलबार सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि बजेट सार्वजनीकरण गर्दै अर्थमन्त्री वर्षमन पुनले सो बारे जानकारी दिएका हुन् ।
मन्त्री पुनका अनुसार, आगामी आर्थिक वर्षमा विपन्न नागरिकले मुटु, क्यान्सर, मृगौला, अल्जइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी तथा सिकलसेलमा सहुलियत उपचारका लागि उक्त रकम छुट्याएको हो । सो उपचार सहुलियतबाट प्रतिबिरामीले १ लाख प्राप्त गर्नेछन् ।
यस्तै, सरकारले निःशुल्क औषधि प्रदान गर्न १ अर्ब ४३ करोड रकम विनियोजन गरेको छ । आधारभूत स्वास्थ्य सेवा मार्फत् विभिन्न सेवा प्रदान गर्न उक्त रकम विनियोजन गरिएको हो ।
आगामी आर्थिक वर्षको बजेटमा ९८ प्रकारका औषधि, खोप र प्रजजन् स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्न सो बजेट छुट्याएको अर्थमन्त्री पुनले बताए ।
