बजेटः स्वास्थ्यलाई ८६ अर्ब २४ करोड र रक्षालाई ५९ अर्ब ७७ करोड
काठमाडौं । सरकारले आर्थिक वर्षको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८६ अर्ब २४ करोड र रक्षा मन्त्रालयलाई ५९ अर्ब ७७ करोड रकम विनियोजन गरेको छ ।
मंगलबार सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८१०/८२ को लागि बजेट सार्वजनीकरण गर्दै अर्थमन्त्री वर्षमन पुनले सो बारे जानकारी दिएका हुन् ।
यस्तै, सरकारले शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका लागि ७ अर्ब ३५ करोड रुपैयाँ र खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
यसैगरी, कृषि तथा पशुपन्छी मन्त्रालयका लागि ५७ अर्ब २९ करोड रुपैयाँ र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब १० करोड बजेट विनियोजित गरेको अर्थमन्त्री पुनले बताए ।
