सञ्चार मन्त्रालयका लागि ७ अर्ब ३५ करोड बजेट विनियोजन
काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
मंगलबार सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि बजेट सार्वजनीकरण गर्दै अर्थमन्त्री वर्षमन पुनले सो बारे जानकारी गराएका हुन् ।
यस्तै, सरकारले खानेपानी मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि २६ अर्ब ६३ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री पुनले बताए ।
अर्थमन्त्री पुनले कृषि तथा पशुपन्छी मन्त्रालयका लागि ५७ अर्ब २९ करोड रुपैयाँ बजेट विनियोजित गरेको बताए ।
