नेपालमा बिहे गर्न आउने विदेशी पर्यटकलाई आकर्षित गर्न बजेट
काठमाडौं । सरकारले नेपालमा विवाह गर्न आउने विदेशी पर्यटकलाई आकर्षित गर्न बजेटको व्यवस्था गरेको छ ।
मंगलबार आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो व्यवस्थाबारे जानकारी गराएका हुन् ।
नेपालमा वैवाहिक समारोह गर्न आउने विदेशी पर्यटकलाई सहजीकरण गरी सांस्कृतिक तथा पर्यटकीय गन्तव्यलाई विवाह गन्तव्यको रूपमा विकास गरिने उनले बताए ।
उनले रामजानकी विवाहस्थल जनकपुरलाई वेडिङ हब र गौतमबुद्ध जन्मस्थल लुम्बिनीलाई बर्थिङ हबको रूपमा प्रवर्द्धन गरिने बताए ।
