कृषि तथा पशुपन्छी मन्त्रालयलाई ५७ अर्ब २९ करोड बजेट

तु खबर संवाददाता
२०८१ जेष्ठ १५, मंगलवार १६:००
file-photo

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कृषि तथा पशुपन्छी मन्त्रालयका लागि ५७ अर्ब २९ करोड रुपैयाँ बजेट विनियोजित गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार बजेट भाषणमार्फत यसको घोषणा गरेका हुन् ।

यस्तै, अर्थमन्त्री पुनले पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी गराए ।