सहिदको सम्झनामा रेडियो मकवानपुरको अन्तरक्रिया कार्यक्रम
मकवानपुर १६ माघ । दिव्यतारा बहुउदेश्यीय सहकारी संस्था लिमिटेडद्धारा संचालित रेडियो मकवानपुरको आठौं वार्विक उत्सवको अवसरमा आज सहिदको योगदान चर्चा विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज माघ १६ गते सहिद दिवसको अवसर पारेर रेडियाले सहिदको संझना र सहिदको सम्मानको लागि साहित्यीक क्षेत्रको पहलको कदर स्वरुप कार्यक्रको आयोजना गरेको हो ।
कार्यक्रममा मकवानपुरका कवि तथा साहित्यकारहरुको उपस्थिति रहेको थियो । अन्र्तक्रियामा मकवानपुरका कवि निमेश निखिलले सहिदहरुको भावना र ईच्छाहरु अझैं पनि पुरा नभईसकेको बताए । साथै अर्का कवि तुलसी घिमिरेले पछिल्लो सहिद घोषणामा अन्यौलताका कारण वास्तविक सहिदको महत्व कम भएको बताए । उनले साहित्यीक क्षेत्रमा सहिदको विषयमा थुप्रै शिजर्नाहरु भएको समेत बताए । कार्यक्रमलाई सम्बोद्धन गर्दै कवि पुर्णकला घिमिरेले सहिद सगरमाथा भन्दा पनि उच्च रहेको बताईन् । उनिहरुले आफ्नो ज्यानको प्रवाह नगरी देश र जनताको लागि लागिपरेको कारण उनिहरुको चर्चा गरेर नसकिने समेत बताईन् ।
कार्यक्रममा मकवानपुरका साहित्यकारहरु भरत सिंह घिमिरे ,साम्भ ढकाल घनस्याम धिमिरे ,अनिता न्यौपाने ,सुवास खनाल लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा रेडियो मकवानपुरको स्टेशन म्यानेजर राममणी दाहालको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।
