जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा रहेका थुनुवालाई प्रत्येक महिना ३ दिन परामर्श

तु खबर संवाददाता
२०७४ माघ १५, सोमबार १९:१९

मकवानपुर, १५ माघ । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा न्यायिक हिरासतमा रहेका थुनुवाहरुलाई हरेक महिना ३ दिन परामर्श कार्यक्रम हुने भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार हरेक महिनाको १, ८ र १५ गते परामर्श कार्यक्रम हुनेछ ।

कार्यक्रम अनुसार सोमबार बिहान ८ बजेदेखि ९ बजेसम्म १४ जनालाई लागुऔषध बेचबिखनमा मा संलग्न तथा लागुऔषध दुव्र्यसनीमा परेकाहरुलाई यसका हानीनोक्सानीका बारेमा परामर्श दिइएको छ ।

कार्यालयको पहलमा न्यायिक हिरासतमा रहेका उनीहरुलाई प्रहरी अधिकृत तथा हेटाँैडामा रहेका मकवानपुर रिकभरी सेन्टर, सिआन पुर्नस्थापना केन्द्र, फिमेल रिकभरी सेन्टर, नयाँ जिबन र समर्पण रिकभरी संस्था समेतको सहभागितामा थुनामा लागू औषध कारोबार र दुव्र्यशनबाट हुने हानी नोक्सानी लगायतका बिबिध पक्षमा १ घण्टा परामर्श कार्यक्रम गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*