आफ्नै श्रीमतीलाई मार्ने मकवानपुरका रामबहादुर पक्राउ

तु खबर संवाददाता
२०७४ माघ १५, सोमबार १२:३६
पक्राउ परेका रामबहादुर

मकवानपुर, १५ माघ । आफ्नै श्रीमतीलाई ढोकाको गजबारले हानेर हत्या गरि फरार रहेका मकवानपुरका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र ३ नम्बर प्रहरी प्रदेश कार्यालय हेटौँडाबाट खटिएको प्रहरी टोलीले थाहा नगरपालिका वडा नम्बर ६ घर भई हाल हेटौँडा ४ कर्रामा डेरा गरि बस्ने राबहादुर स्याङ्तानलाई पक्राउ गरेको हो ।

गएको पुस २१ गते राति करिब १० बजेको समयमा ६० वर्षीय स्याङ्तानले आफ्नै पत्नी वर्ष ४२ की मिना स्याङतानलाई आफ्नै कोठा भित्र ढोकाको गजबारले टाउकोमा प्रहारी गरि हत्या गरेका थिए । पत्नीको हत्यापश्चात फरार रहेका उनलाई निरन्तरको खोजतलासपछि माघ १४ गते चितवनको टाँडीबाट पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*