यातायात व्यवसायी उपभोक्ता सहकारीको नयाँ कार्यसमितिमा को को निर्वाचित भए ?

तु खबर संवाददाता
२०७४ माघ १३, शनिबार १९:४२

मकवानपुर १३ माघ । यातायात व्यवासायी उपभोक्ता सहकारी संस्थाको चुनावी मतगणना भर्खरै सम्पन्न भएको छ । जसमा अध्यक्ष पदमा किरण पौडेलले १ सय ८ मत ल्याएर विजयी भएका छन् त्यसैगरी अध्यक्षका अर्का उम्मेदवार सुमनलाल क्षेष्ठले ५६ मत ल्याएर पराजय व्यहोरेका छन् । त्यसैगरी उपाध्यक्षतर्फ हरी पौडेलले १ सय १० मत ल्याएर विजयी भए भने राममणी उप्रेती ५२ मत ल्याएर पराजीत भए । सचिव पदका लागि सुनिल कुमार न्यौपाने , निर्बिरोध भएका थिए । कोषाध्यक्ष पदका लागि राम प्रसाद विडारीले ८७ मत ल्याएर विजयी हासिल गरे भने अर्जुन सर्मा कडेंलले ६३ मत ल्याएर पराजय व्यहोरे ।
सह सचिव पदका लागि राजु पौडेल र जिल्ला सहकारी संघ प्रतिनिधिमा काव्यमणी अधिकारी निर्बिरोध भएका थिए । त्यसैगरी सदस्यहरुमा रमेश उप्रेती १ सय ६ मत ,कृष्णमान स्याङ्तान १ सय ४मत ,प्रकाश सर्मा पौडेल ९० मत ,माधव प्रसाद अधिकारी ९० मत, विष्णुलाल क्षेष्ठ ८४ मत र रमेश रेग्मी ८२ मतका साथ विजयी भएका हुन् । अर्का एक जना सदस्यको लागि भने दिवस पराजुली र ईश्वर बर्तौलाको समान मत आएपछि उनीहरुबिच गोलापर्था गराउँने भनिएपनि दिवस पराजुलीले स्वईच्छाले ईश्वर बर्तौलालाई सर्मथन गरेपछि ईश्वर बर्तौला सदस्य पदमा निर्वाचित भएको पत्रकार राज सापकोटाले तु खबरलाई जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*