यातायात व्यवसायी उपभोक्ता सहकारी संस्थाको ताजा मतपरिणाम अनुसार किरण पौडेल ३२ मतले अगाडी (अन्य मतपरीणाम सहित)

तु खबर संवाददाता
२०७४ माघ १३, शनिबार १८:४१

मकवानपुर १३ माघ । यातायात सहकारी संस्थाको चुनाव यातायात व्यवसायी उपभोक्ता सहकारी संस्थाको नयाँ कार्यसमितिको चुनावको ताजा मत परिणाम अनुसार किरण पौडेलले हालसम्म ७१ मत प्राप्त गरेका छन् भने अध्यक्ष पदकै अर्का उम्मेदवार सुमनलाल क्षेष्ठले ३९ मत प्राप्त गरेका छन् । पत्रकार राज सापकोटाको अनुसार हालसम्म १०० मत गणना भएको छ । जसमा किरण पौडेल फराकिलो मत अन्तरले अगाडी देखिएका छन् ।
त्यसैगरी उपाध्यक्ष तर्फ राममणी उप्रतीले हालसम्म २६ मत प्राप्त गरेका छन् भने हरी पौडेलले ७४ मत प्राप्त गरेका छन् । यो नतिजा अनुसार हरी पौडेल उप्रेती भन्दा निकैनै अगाडी देखिन्छन् । जम्मा मतदाता संङ्ख्या १ सय ८७ रहेकोमा १ सय ६४ मत खसेको थियो । हालसम्म १०० मत गनिएको छ भने ६४ मत गन्न बाँकि छ । अन्य पदहरुमा भने सचिवतर्फ सुनिल कुमार न्यौपाने सह सचिवतर्फ राजु पौडेल र लेखा संयोजकतर्फ उदयराज सापकोटा त्यसैगरी जिल्ला प्रतिनिधि सदस्यतर्फ काव्यमणी अधिकारी निर्बिरोध भएका थिए ।
७ सदस्यीय कार्यसमितीमा १४ जनाको उम्मेदवारी रहेको छ । मत गणना हुंदै छ । सहकारीको यो ९ औं अधिवेशन हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*