‘मार्कसिटको प्रतिशत र विद्यालयको होमवर्कमात्र ठूलो कुरा होईन’– अधिकारी
मकवानपुर, १२ माघ । मकवानपुरे पत्रकार तथा साहित्यकार गिरिजा अधिकारीले विद्यार्थीको जीवनमा मार्कसिटको प्रतिशत र विद्यालयको होमवर्कमात्र ठूलो कुरा नभएको बताएका छन् । हेटौँडा–४ मा अवस्थित नवोदय शिशु सदनका विद्यार्थीहरुको रचना वाचन कार्यक्रम ‘कफी हाउस’ मा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अधिकारीले बालबच्चालाई उचित वातावरण र अवसर आवश्यक भएको बताए ।
उनले बालबालिकालाई रमाईलो गर्दै पढ्ने अवसर दिनुपर्ने विचार राख्दै बालबालिकाको ध्यान तान्ने पुस्तक र खेलौनाको उचित उपलब्धता हुनुपर्नेमा जोड दिए । तु खबर डटकमका प्रधान सम्पादक समेत रहेका अधिकारीले साहित्यीक कार्यक्रमले बालबालिकालाई सिर्जनात्मक बन्न सहयोग पुराउने भन्दै यस्ता कार्यक्रमको आयोजना हुनु जरुरी रहेको बताए साथै यस्ता कार्यक्रमहरुले आगामी दिनमा पनि निरन्तरता पाएमा अझ राम्रो हुने धारणा राखे ।

मायाको चिनो ग्रहण गर्दैै पत्रकार गिरिजा अधिकारी
कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्टि अतिथि एवं हेटौँडा ४ नम्वर वडाका वडाअध्यक्ष नविन सिग्देलले विद्यालयले विद्यार्थीहरुलाई सिर्जनात्मक बन्न सहयोग गरेको विचार राखे । विद्यार्थीहरुको भविष्य वर्तमानले निर्धारण गर्ने हुँदा उनीहरुलाई अभिभावकले सहयोग गर्नुपर्ने बताए ।

मन्तव्य व्यक्त गर्दै वडा नम्बर ४ का अध्यक्ष नविन सिग्देल
त्यस्तै कार्यक्रममा अभिभावकका तर्फबाट बोल्दै नारायणी मलका म्यानेजिङ डाईरेक्टर समेत रहेका कैलाश ढकालले विद्यालयले विद्यार्थीहरुलाई रचनात्मक कार्यमा लगाएको बताए । आफ्नो छोराले विद्यालयबाट अध्ययन गरेर घर पुगेपछि हरेक दिन नयाँ नयाँ कुराहरु सुनाउने गरेको बताए । साथै विद्यालयमा आफ्नो सन्तानलाई भर्ना गरेकोमा खुशी लागेको बताए ।

मन्तव्य व्यक्त गर्दै नारायणी मलका म्यानेजिङ डाइरेक्टर कैलाश ढकाल
विद्यालयमा एक महिनाको लेखन कार्यशाला पश्चात कक्षा २ (क) मा अध्ययनरत ३८ जना विद्यार्थीहरुले आफ्ना कथा, कविता, लेख लगायतका रचनाहरु वाचन गरी आफुले बनाएका पुस्तकहरु समेत विमोचन गरेको नेपाली विषयका सुपरिवेक्षक सिएम रिमालले जानकारी दिए । कार्यक्रम अव्यक्त खनालको अध्यक्षतामा भएको हो ।

रचना वाचन तथा पुस्तक विमोचन गर्दै नवोदयका विद्यार्थीहरु

रचना वाचन तथा पुस्तक विमोचन गर्दै नवोदयका विद्यार्थीहरु

रचना वाचन तथा पुस्तक विमोचन गर्दै नवोदयका विद्यार्थीहरु

रचना वाचन तथा पुस्तक विमोचन गर्दै नवोदयका विद्यार्थीहरु

रचना वाचन तथा पुस्तक विमोचन गर्दै नवोदयका विद्यार्थीहरु

रचना वाचन तथा पुस्तक विमोचन गर्दै नवोदयका विद्यार्थीहरु

मायाको चिनो ग्रहण गर्दै सिग्देल

मन्तव्य राख्दै पत्रकार अधिकारी
