सवारी दुर्घटनामा मकवानपुरका १ जनासहित ७ जनाको मृत्यू
काठमाडौँ, १२ माघ । मुलुकका विभिन्न स्थानहरुमा भएको छुट्टाछुट्टै दुर्घटनामा परि ७ जनाको ज्यान गएको छ । काठमाडाँैको काठमाडौँ महानगरपालिका–३५ पेप्सीकोला पेट्रोल पम्प नजिक बा.३ख ३४१६ नम्बरको टिपरले शुक्रबार नाम, थर, वतन नखुलेको पैदल यात्री पुरुषलाई ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ललितपुरको ललितपुर महानगरपालिका–२ धोबीघाट स्थित लु.१ख ८७३७ नम्बरको ट्रकले बा.६७प ३१३४ नम्बरको मोटरसाइकललाई बिहीबार ठक्कर दिदाँ मोटरसाइकल चालक मकवानपुरको दामन बस्ने ३१ बर्षीय धनबीर जंग घाइते भएकोले उपचारको लागी मेघा अस्पताल धोबीघाट पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पर्साको बिरगंज महानगरपालिका–१३ पावरहाउसमा रोकी राखेको ना.५ख ३३२६ नम्बरकोे बसमा बा.४१प ३५१३ नम्बरको मोटरसाइकल बिहीबार ठक्कर खाँदा मोटरसाइकल चालक सखुवा प्रसौनी गाउँपालिका–४ औराहा बस्ने २६ बर्षीय ऋषि महतो घाइते भएकोले उपचारको लागि नारायणी उप–क्षेत्रिय अस्पताल बिरगंजबाट थप उपचारको लागि बिरगंज हेल्थ केयर अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा ना.७ ख १३२२ नम्बरको बस र से.१ च ५८८ नम्बरको एम्बुलेन्स बिहीबार एकआपसमा ठक्कर खाँदा एम्बुलेन्समा सवार नेपालगंज उपमहानगरपालिका–१ बस्ने २७ बर्षीय सुमन क्षेत्री सहित ४ जना गम्भीर घाइते भएकोले उपचारको लागि मेडिकल कलेज कोहलपुर पठाइएकोमा दांङ दाङीशरण गाउँपालिका–८ बस्ने हिरा के.सी.को ७ दिनको छोराको उपचारको क्रममा मृत्यु भएको छ । फरार बस चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
मोरङको कानेपोखरी गाउँपालिका–५ भौसाबारी स्थित भित्री सडक खण्डमा को.१ त ७१५५ नम्बरको ट्याक्टरले साईकल यात्री सोही गाउँपालिका–७ बस्ने ५५ बर्षीय बिशेश्वर प्रसाद राजबंशीलाई ठक्कर दिदाँ गम्भीर घाइते भएकोले उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुरको हेटौडा उपमहानगरपालिका–७ मिलनचोकमा ना.१८प ४६९१ नम्बरको मोटरसाइकल बिहीबार अनियन्त्रित भई दुर्घटना हुंदा चालक सोही ठाउँ बस्ने २१ बर्षीय राकेश भुजेल घाइते भएकोले उपचारको लागि जिल्ला अस्पताल हेटौडा पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।
दाङको बबई गाउँपालिका–७ बबई स्थित रा.१त २२४६ नम्बरको खाली ट्याक्टरले पैदल यात्री चरकमटिया बस्ने १६ बर्षीय मनबीर रानालाई बिहीबार ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजतलास गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
