हेटौंडामा फेरि दुर्घटना, मोटरसाईकल चालकको मृत्यू
हेटौँडा, १२ माघ । मकवानपुरको हेटौँडामा बिहीबार जीप दुर्घटनामा मृत्यू भएको घटना सेलाउन नपाउँदै फेरि अर्को दुर्घटना भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–७ मिलनचोकमा बिहीबार राति नै मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको हो ।
ना.१८ प. ४६९१ नम्बरको मोटरसाइकल गएराति करिब सवा ९ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका चालक स्थानीय २१ वर्षीय राकेश भुजेलको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।
