आज चार संसदीय समितिको बैठक आह्वान

तु खबर संवाददाता
२०८० फाल्गुन १७, बिहीबार ०९:३६
file-photo

काठमाडौं । आज ४ वटा संसदीय समितिको बैठक आह्वान गरिएको छ । जसअनुसार आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।

आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ८ बजेबाट सुरु भएको छ । बैठकमा फलामे छडको कच्चा पदार्थको रूपमा रहेको स्पन्ज आइरन र विलेट्सबिच भन्सार महसुल एवं अन्तःशुल्कका सम्बन्धमा समितिको मिति २०७०÷३÷६ गतेको निर्णय कार्यान्वयन सम्बन्धमा छलफल भइरहेको छ ।

त्यस्तै, बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजश्‍व अनुसन्धान विभागको कामकारबाही सम्बन्धमा छलफल हुनेछ ।

यसैगरी, बिहान साढे ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठक बस्न लागेको छ । बैठकमा निर्वाचन क्षेत्र जोड्ने रणनीतिक सडकका सम्बन्धमा छलफल हुनेछ ।

यस्तै, दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुनेछ ।