उच्च अदालतका चार मुख्य न्यायाधीशलाई शपथ

तु खबर संवाददाता
२०७४ माघ ११, बिहीबार १७:१३

काठमाडौँ, ११ माघ । प्रधानन्यायाधीश गोपाल पराजुलीले उच्च अदालतका नवनियुक्त चार मुख्य न्यायाधीशलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा प्रधानन्यायाधीश पराजुलीले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नहकुल सुवेदी उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीशमा, उच्च अदालत जनकपुरका न्यायाधीश उदयप्रकाश चापागाईं जनकपुरको मुख्य न्यायाधीशमा, उच्च अदालत जनकपुरका न्यायाधीश यज्ञप्रसाद बस्याल दिपायलको मुख्य न्यायाधीश र उच्च अदालत तुल्सीपुर बुटवलका न्यायाधीश हरिकुमार पोखरेललाई सुर्खेतको मुख्य न्यायाधीशमा सपथ गराउनुभएको हो ।

न्याय परिषद्को सिफारिसमा उहाँहरूलाई उक्त पदमा नियुक्त गरिएको थियो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*